Thursday, December 19, 2024
Thursday, December 19, 2024

HomeFact Checkमिरुना-फुर्वा विवादमा दलाई लामा रोएको भिडियो जोडियो, भनियो - 'जस्टिस फर लामा'

मिरुना-फुर्वा विवादमा दलाई लामा रोएको भिडियो जोडियो, भनियो – ‘जस्टिस फर लामा’

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

भिडियोको केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फैलिरहेको देखिन्छ । उक्त सामग्रीमा दुईवटा भिडियो जोडिएको छ । पहिलो भिडियोमा भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती बौद्ध धर्मगुरु दलाई लामा रोएको देखिन्छ । त्यस्तै दोस्रो भिडियोमा एक नेपाली भिक्षु देखिएका छन्, जसलाई नेपाली अभिनेत्रीमाथि अभद्र व्यवहार (दुर्व्यवहार) गरेको आरोप लागेको छ । 

Santoshgole नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको सामग्रीमा दलाई लामा रोएको र अभिनेत्री मिरुना मगरले भिक्षुमाथि दुर्व्यवहारको आरोप लगाइरहेको दृश्य देखिन्छ ।  भिडियोको थमनेलमा ‘justice for lama’ लेखिएको छ र भिडियोमा दलाई लामा रोएको आवाजसमेत सुनिन्छ । यसबाट के प्रष्ट हुन्छ भने अभिनेत्री र भिक्षुसँग सम्बन्धित घटनाका विषयमा दलाई लामा रोएको भान पार्न खोजिएको छ ।   

प्रस्तुत भिडियोको फैलावट व्यापक छ । पोस्ट भएको ४ दिनमै उक्त सामग्रीमा १ लाख ५८ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त सामग्रीलाई सेयर गर्ने प्रयोगकर्ताको संख्या करिब १५ सय रहेको छ । 

यतिमात्र होइन, दलाई लामा रोएको आवाजबाट २ सय १९ भन्दा बढी सामग्री पुनर्उत्पादन गरिएको छ । हेर्नुहोस् उक्त पुनर्उत्पादित सामग्री :

तथ्यजाँच/प्रमाणीकरण

प्रस्तुत सामग्रीको तल्लो भिडियोमा भिक्षु पहिरनमा देखिने व्यक्ति फुर्वा लामा हुन् । उनीमाथि गत जेठ १५ गते  ‘कबड्डी ४ : द फाइनल म्याच’ चलचित्र कि अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । दर्शकसँग साक्षात्कार गर्ने क्रममा काठमाडौँस्थित सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको आरोप लामामाथि लागेको छ ।

आरोपसँगै भिक्षुमाथि हातपात गरिएको भन्दै लामा सामुदाय लगायत केही अभियान्ताहरूले अभिनेत्री मगरलाई बहिस्कार गर्न आन्दोलनसमेत गरेका थिए । विरोधपछि दुबै पक्षबीच सहमति भयो र आरोपी लामा प्रहरी हिरासतबाट रिहा भए । यही सेरोफेरोमा सामाजिक संजालमा बौद्ध धर्मगुरु दलाई लामा रोएको भिडियो सामाजिक संजालमा फैलियो ।

के दलाई लामा रोएको भिडियो नेपालमा भर्खरै घटेको दुर्व्यवहारको घटनासँग सम्बन्धित छ  त ? दुबै दृश्यलाई एकै ठाउँमा जोडिएको र त्यहाँ लामाका लागि न्याय मागिएको छ । जसका कारण हामीले दलाई लामा रोएको भिडियोको वास्तविकता पत्ता लगाउन चह्यौँ । सबैभन्दा पहिले न्युजचेकरले दलाई लामा रोएको दृश्यको मूल भिडियो पत्ता लगाउने काम थाल्यो ।

‘दलाई लामा रोए’ लगायतका नेपाली अंग्रेजी वाक्यांकलाई हामीले विभिन्न सामाजिक संजालमा सर्च गर्‍यौँ । जसको फलस्वरुप दलाई लामा रोएको भिडियो फेला पर्‍यो । Psykedelia नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा दलाई लामा रोएको भिडियो पोस्ट गरिएको छ । २१ जुलाई २०११ मा पोस्ट गरिएको उक्त भिडियोमा बुद्धचित्त अवधारणामाथि प्रवचन दिँदै गर्दा दलाई लामा रोएको जानकारी दिइएको छ ।  दलाई लामा रोएको उक्त भिडियो २०११ मा खिचिएकोसमेत त्यहाँ जानकारी दिइएको छ ।  

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने नेपालको भिक्षु-अभिनेत्री विवाद र दलाई लामा रोएको भिडियोबीच कुनै सम्बन्ध छैन । दलाई लामा धेरै वर्षअघि अर्कै सन्दर्भमा रोएका हुन् भने नेपालमा अभद्र व्यवहारको घटना भर्खरै घटेको हो । 

निष्कर्ष :

फुर्वा लामा-अभिनेत्री मिरुना मगरको विवाद र दलाई लामा रोएको प्रसंगबीच कुनै सम्बन्ध छैन । दुबै भिडियोलाई एकै ठाउँमा राखेर ‘justice for lama’ लेख्नुले प्रस्तुत टिकटक सामग्रीलाई भ्रामक तुल्याएको छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Psykedelia : Dalai Lama’s started crying while teaching Bodhicitta 

Onlinekhabar : Accused of abusing a monk

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular