Friday, December 20, 2024
Friday, December 20, 2024

HomeFact Checkफरक अडियो र फरक भिडियो जोडेर तयार पारियो भ्रामक सामग्री, 'गैँडाले मान्छे...

फरक अडियो र फरक भिडियो जोडेर तयार पारियो भ्रामक सामग्री, ‘गैँडाले मान्छे मारेको’ दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दृश्यसहितको सामग्री फेला परेको छ । उक्त दृश्यमा विश्वकै दुर्लभ मानिने एक सिंगे गैँडा आक्रोशित भएको देख्न सकिन्छ । दृश्यसहितको सामग्रीमा ‘गैँडाले मान्छे मारेको’ दाबी गरिएको छ । 

Bhisma Mahat नामक टिकटक आइडीमा ४ दिनअघि पोस्ट गरिएको उक्त दृश्यसँगै सामग्रीमा एउटा भयानक चिच्याहटसहितको अडियोसमेत सुनिन्छ ।मान्छेहरू भेला भएको ठाउँमा जंगली गैंडाले आक्रमण गरेको र ठूलो मानविय क्षति भएको जस्तो आवाज  उक्त अडियोमा सुन्न सकिन्छ । सामग्रीमा थमनेलले पनि यही संकेत गरेको छ ।

भिडियोको थमनेलमा लेखिएको छ – ‘गैँडाले मान्छे मार्‍यो’ ।

दाबीसहितको प्रस्तुत सामग्रीमा घटनाबारे थप केही बताइएको छैन । सामग्रीमा सुनिने आवाजमा कयौँ मानिहरू एकैपटक चिच्याइरहेको सुनिन्छ । यसले मानिसहरूलाई थप ‘पेनिक’ बनाउने देखिन्छ । त्यसैले यस सामग्रीको फैलावट व्यापक नभएपनि आगामी दिनमा व्यापक रुपमा फैलिन सक्ने भएकाले हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गर्ने जमर्को गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

नेपालमा गैँडाको आक्रमण र त्यसबाट एकाध मानिसको मृत्यु हुनु नयाँ विषय होइन । गैँडाको आक्रमणबाट मानिसको मृत्यु भएको खबर संचार माध्यमहरूमा देखिइरहन्छन् । तर, माथिको सामग्रीमा गरिएको दाबी र सन्दर्भ भने अलग छ । उक्त भिडियोमा मानिसको भीडभाडमा गैँडाले आक्रमण गरेको जस्तो सुनिने अडियो जोडिएकव छ । यसले उक्त आक्रमणबाट ठूलो मानवीय क्षति भएको संकेत गर्छ । 

त्यसैले सबैभन्दा पहिले हामी उक्त सामग्रीमा रहेको दृश्यको वास्तविकता जाँच गर्नतर्फ लाग्यौँ । जाँचका लागि सुरुमै हामीले दाबीसहितकै सामग्री प्रयोग गर्‍यौँ । उक्त सामग्रीको एउटा कुना राखिएको लोगोलाई युट्युबमा सर्च गर्दा Daksu TV नामक युट्युब च्यानल फेला पर्‍यो । 

किवर्ड सर्चबाट फेला परेको च्यानलमा धेरै नै भिडियो पोस्ट भएका कारण हामीले ‘गैँडा daksu online tv’ किवर्ड सर्च गर्‍यौँ । परिणामस्वरुप करिब २ वर्षअघि अर्थात् १७ नोभेम्बर २०२० मा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । उक्त भिडियोको शीर्षक राखिएको छ- ‘भर्खरै चितवनमा दुर्लब एक सिंगे गैडाले वटुवामाथी गर्‍यो डरलाग्दो आक्रमण, बल्ल फुत्किएर भाग्न सफल’

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीमा भनिएजस्तो उक्त दृश्यमा देखिएको गैँडाले सोही समयमा कुनै पनि मानिसको ज्यान लिएको थिएन । सडक छेउमा दुर्लभ मानिएको एक सिंगे गैँडा आइपुगेको र यही सन्दर्भमा उक्त गैँडाको दृश्य खिच्दै जनचेतनामूक सन्देश प्रवाह गरिरहेको यक्त भिडियो देखिन्छ । तर, ४ दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा यसलाई भर्खरैको घटनाजसरी प्रस्तुत गरिएको छ । 

अर्कोतर्फ दाबीसहितको सामग्रीमा जोडिएको अडियोसमेत भ्रामक छ । आपतकालीन अवस्थामा कसरी उद्दार गर्ने भन्ने अभ्यासको भिडियोमा रहेको अडियोलाई यहाँ जोडिएको पाइयो । उक्त अडियो TUBE CRAWLER नामक युट्युब च्यानलमा भेटिन्छ । उक्त भिडियोसँग सम्बन्धित सामग्रीबारे हामीले यसअघि नै सामग्री तयार पारिसकेका छौँ ।   

निष्कर्ष :

दाबीसहितको सामग्रीमा देखिएको गैँडाले सोही समय कुनैपनि मानिसको ज्यान लिएको छैन । उक्त सामग्रीमा जोडिएका भिडियो र अडियोसमेत फरक-फरक सन्दर्भका हुन् । यही तथ्यका आधारमा उक्त सामग्री भ्रामक रहेको निष्कर्ष न्युजचेकरले निकालेको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Gorkhapatraonline

Daksu TV 

TUBE CRAWLER

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular