Thursday, April 25, 2024
Thursday, April 25, 2024

HomeFact Checkनेपाल बन्दकर्ताले आगजनी गरे भन्दै बंगलादेश, अष्ट्रेलियाका घटना सामाजिक संजालमा फैलाइयो 

नेपाल बन्दकर्ताले आगजनी गरे भन्दै बंगलादेश, अष्ट्रेलियाका घटना सामाजिक संजालमा फैलाइयो 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

मंगलबार ( भदौ ७ गते)  नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक समूहले नेपाल बन्द घषणा गर्‍यो । सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्ना नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने माग राख्दै देशव्यापी बन्दको घोषणा गरेको थियो तर बन्दको प्रभाव न्युन देखियो ।

बन्दको प्रभाम न्युन देखिएपनि केही ठाउँमा शंकास्पद वस्तु फेला परेका कारण मानिसहरु त्रसित बनेको देखियो, जसको असर सामाजिक संजालमा पनि देखिएको छ । सामाजिक संजाल प्रयोगकर्ताले सवारी साधनहरुमा आगलागी भएको दाबीसहितका सामग्रीहरू पोस्ट भएका छन् । 

(Sano Khabar) सानाे खबर नामक टिकटक आइडीमा सवारीसाधनमा आगो लागेको दृश्यसहितको सामग्री पोस्ट गरेको छ । उक्त भिडियोमा जोडिएको थमनेल र अडियोमार्फत् दाङमा बन्दकर्ताले सवारीसाधनमा आगलागी गरेको दाबी उक्त पोस्टमा गरिएको छ ।  

मंगलबार पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा १४ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोलाई २४ प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।

त्यस्तै deependrakunw नामक टिकटक प्रयोगकर्ताले पनि सवारी साधनमा आगलागी भएको दृश्यसहितको सामग्री पोस्ट गरेका छन् । उक्त दृश्यमा पार्किङमा राखिएको बसमा आगो लागिरहेको देखिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘गरिखान देउ सरकार ।’

दाबीसहितको सामग्रीमा एउटा टिकटक कमेन्टको स्किनसटसमेत राखिएको छ । उक्त कमेन्ट नेपाल बन्दसँग सम्बन्धित छ । उक्त कमेन्टमा लेखिएको छ- ‘बन्द गरेपनि गाडीहरू नै जलाएर गर्न सकिथ्यो त ? विचरा कतिको खाने साहरा नै गाडी थियो होला ।’ 

मंगलबार नै पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीमा १३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको सामग्री सेयर गर्ने प्रयोगकर्ताको संख्या करिब ५०  रहेको छ । 

तथ्यजाँच/प्रमाणीकरण

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक समूहले गरेको नेपाल बन्दको प्रभाव भन्दै सामाजिक संजालमा पोस्ट गरेका यी पोस्टहरुमा गाडीमा आगलागी भएको दृश्य देखिएका छन् । के यी आगलागीहरू बन्दकर्ताले नै गरेका हुन् त ? न्युजकेकरले वास्तविकता जाँच गर्ने जमर्को गरेको छ । 

दाबीसहितको पहिलो सामग्रीमा फरक-फरक गाडीहरूमा आगलागी भएको दृश्य देखिएका छन् । हामीले सबैभन्दा पहिले आगलागीका ती तस्बिरहरूको स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्‍यौँ ।

दाबीसहितको सामग्रीमा राखिएको एउटा दृश्यमा बसजस्तो देखिने आकृति र कारजस्तो देखिने आकृतिसँगै जोडिएका छन् र ती सवारीसाधनमा आगो लागिरहेको देखिन्छ । उक्त तस्बिरको स्क्रिनसट गुगल लेन्समा सर्च गर्दा asianews ले प्रकाशित गरेको एउटा समाचार भेटियो । जनवरी १, २०१५ मा प्रकाशित उक्त समाचारमा प्रयोग गरिएको तस्बिर र दाबीसहितको सामग्रीमा प्रयोग गरिएको तस्बिर एउटै छ । 

सवारीसाधनमा आगलागी भएको तस्बिरसहित प्रकाशित गरिएको उक्त समाचारमा बंगलादेशमा विपक्षी दलका समर्थक र प्रहरीबीचको झडपमा चार जनाको मृत्यु र दर्जनौं घाइते भएको जानकारी दिइएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (BNP) ले ‘लोकतन्त्रको हत्या दिवस’ ​​मनाएको तर सत्तारुढ दल अवामी लिग (समाजवादी) ले वार्षिकोत्सवलाई ‘संविधान र लोकतन्त्रको रक्षा दिवस’का रुपमा मनाएको सूचना उक्त समाचारमा दिइएको छ ।

प्रस्तुत समाचार र समाचारमा राखिएको तस्बिरले के प्रष्ट पार्छ भने दाबीसहितको समाचारमा राखिएको तस्बिर बंगलादेशको पूरानो तस्बिर हो । त्यसलाई दाबीसहित नेपाल बन्दको अवसरमा फैलाउन खोजिएको छ । 

त्यस्तै दाबीसहितको सोही सामग्रीमा अर्को तस्बिर पनि राखिएको छ, जसमा एउटा गाडीमा आगलागी भएको दृश्य देखिन्छ । हामीले उक्त तस्बिरको स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्‍यौँ । नतिजास्वरु हामीलाई अर्को एउटा समाचार प्राप्त भयो । newsregister मा प्रकाशित उक्त समाचारमा एउटा घाँसको ट्रकमा आगलागी भएको जानकारी दिइएको छ । 

संयुक्त राज्य अमेरिकाको ओरिजिन रहेको यमहिलको म्याकमिनभिल शहरसँग सम्बन्धित उक्त समाचारमा म्याकमिनभिलको पश्चिममा ट्रक पिभिन रोड नजिकै हिल रोडमा ट्रकमा विस्फोट भएको बताइएको छ । जुलाई १३, २०१५ मा प्रकाशित उक्त समाचारमा राखिएको तस्बिर र माथि दाबीसहितको सामग्रीमा राखिएको तस्बिर एउटै हो । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ,’पेभिन रोड नजिकैको हिल रोडमा रहेको म्याकमिनभिलको पश्चिममा सोमबार राति एउटा घाँसको ट्रकमा आगलागी भयो ।’

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक समूहले गरेको नेपाल बन्दमा आगो लगाइएको दाबी गरिएको तस्बिर नेपालको होइन । उक्त तस्बिर ७ वर्ष पहिले यमहिलको म्याकमिनभिल शहरमा घटेको घटना हाे ।  

त्यस्तै माथि उल्लेखित दाबीसहितको सामग्रीमा अर्को तस्बिर पनि राखिएको छ । उक्त तस्बिरमा पनि गाडीमा आगो लागिरहेको देखिन्छ । हामीले उक्त तस्बिरको स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप portlincolntimes नामक संचार माध्यममा पोस्ट गरिएको समाचार फेला पर्‍यो । 

फेब्रुअरी १५, २०२२ मा प्रकाशित उक्त समाचारमा दक्षिण अट्रेलियाको किम्बा नजिकैको आयर राजमार्गमा आगलागी हुँदा एउटा ट्रक र सिपिङ कन्टेनर जलेर नष्ट भएको जानकारी दिइएको छ । उक्त समाचारमा प्रयोग गरिएको तस्बिर र दाबीसहितको सामग्रीमा प्रयोग गरिएको तस्बिर एउटै छ । 

समाचारमा राखिएको तस्बिरको क्याप्सनमा लेखिएको छ,’आयर राजमार्गमा आगलागी हुँदा एउटा ट्रक र सिपिङ कन्टेनर जलेर नष्ट भएको छ । तस्बिर सौजन्य- देश फायर सर्भिस ।’ 

यस तथ्यबाट के प्रष्ट हुन्छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक समूहले गरेको नेपाल बन्दमा आगो लगाइएको दाबी गरिएको तस्बिर नेपालको होइन । उक्त तस्बिर दक्षिण अष्ट्रेलियाको शहरमा घटेको घटना हाे ।  

मंगलबार गाडी जलाइएको भ्रामक दाबी

दाबीसहितको दोस्रो सामग्रीमा पार्किङमा राखिएको बसमा आगो लागिरहेको देखिन्छ । उक्त भिडियोको थमनेलमा बन्दमा गाडी जलाइएको भावसहितको जानकारी राखिएको छ । 

युट्युब, फेसबुक लगायतका सामाजिक संजालमा ‘बसमा आगलागी’, ‘चितवन’ लगायतका किवर्ड सर्च गर्दा केही नतिजाहरू फेला परे । ती पोस्टहरु मध्ये Times Television टेलिभिजन नामक फेसबुक पेजमा पोस्ट गरिएको एउटा भिडियोलाई हामीले यहाँ आधार मानेका छौँ ।

भिडियोसहितको उक्त पोस्टको क्याप्सनमा लेखिएको छ,’चितवन खैरहनी १, जिमिरे मेट्रो पम्प मा बस आगलागी…’ 

मे १५ मा पोस्ट गरिएको देखिने उक्त भिडियो दाबीसहितको सामग्रीमा प्रयोग गरिएको तस्बिर एउटै हो । यत्ति तथ्य फेला परेपछि हामीले भिडियोको थप वास्तविकता जाँच गर्नतिर लागेनौँ । किनकि दाबीमा मंगलबार भएको नेपाल बन्दबारे लेखिएको छ तर भिडियो त्यो भन्दा अगाडी नै पोस्ट भइसकेको देखिन्छ ।  

निष्कर्ष

हाम्रो तथ्यजाँचबाट के प्रमाणित भएको छ भने नेपाल बन्दको सन्दर्भ बनाएर पोस्ट गरिएका तस्बिर सबै विभिन्न देशमा घटेका फरक-फरक घटना हुन् र एउटा भिडियोहरू केही समय पहिले चितवनमा आगलागी हुँदा खिचिएको दृश्य हो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Newsregister

Asianews

Portlincolntimes

Times Television


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular