Tuesday, April 30, 2024
Tuesday, April 30, 2024

HomeFact CheckFact Check: सामाजिक संजालमा फैलियो पूरानो भिडियो, प्रधानमन्त्रीले देशलाई ‘भाँडमा जाओस्’ भनेका...

Fact Check: सामाजिक संजालमा फैलियो पूरानो भिडियो, प्रधानमन्त्रीले देशलाई ‘भाँडमा जाओस्’ भनेका हुन्?

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘भाँडामा जाओस्’ भन्ने अभिव्यक्ति दिएको ।  
तथ्य: पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई लक्षित गरेर भनेको पूरानो अभिव्यक्तिलाई सामाजिक संजालमा पोस्ट गरियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । उक्त भिडियो सामग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अन्तर्वार्ताको एउटा अंश देखिन्छ । भिडियोमा उनले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘भाँडामा जाओस्’ भन्ने अभिव्यक्ति दिएको सुन्न सकिन्छ । 

Deepakdhaka74 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो साग्रीमा  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन्-  ‘भाँडमा जाओस् देश, भाँडमा जाओस् संविधान, भाँडमा जाओस् संघीयता-गणतन्त्र र धर्मनिरपेक्षता’ । तीन दिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा साढे १६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यो सामग्रीलाई १९ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।   

प्रस्तुत अडियोसहितको अर्को सामग्रीसमेत सामाजिक संजालमा फेला परेको छ । kapilkhadka नामक अर्को टिकटक आइडीमा पोस्ट गरिएको भडियोमा पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘भाँडमा जाओस्’ भन्ने अभिव्यक्ति दिएको सुनिन्छ । 

प्रस्तुत सामग्रीमा  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भाँडमा जाओस् देश, भाँडमा जाओस् संविधान, भाँडमा जाओस् संघीयता-गणतन्त्र र धर्मनिरपेक्षता’ भनेको अडियोसहित थमनेलसमेत जोडिएको छ । थमनेलमा लेखिएको छ- ‘देशको बारेमा बोल्दै प्रचण्ड, प्रधानमन्त्री प्रचण्डलाई देश र संविधानको चिन्ता, देशलाई कहाँ पठाउँदैछन् केही बझ्नुभयो प्रधानमन्त्रीले ।’

एक दिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा ३५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले गरियाक्ट गरिसकेका छन् । ६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको सामग्रीलाई सोही अवधिभित्र ४ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

यतिमात्र होइन, माथि उल्लेखित अन्तर्वार्ता अंशको अडियोबाट अन्य थुप्रै टिकटक सामग्री पुनर्उत्पादन गरिएको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त अडियोबाट २१ वटा थप भिडियो पुनर्उत्पादन गरिएको छ । यसबाट के प्रष्ट हुन सकिन्छ भने प्रस्तुत अडियो-भिडियोको फैलावट सामाजिक संजालमा व्यापक छ ।

मुलुकको प्रधानमन्त्री जस्तो उच्च पदमा रहेको व्यक्तिले मिडिया अन्तर्वार्तामार्फत् संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा अभिव्यक्ति दिनु अत्यन्तै संवेशनशील विषय हुन्छ । यही कारण हामीले प्रस्तुत अन्तर्वार्ता अंशको वास्तविकता पत्ता लगाउन यो जाँचको कार्य प्रारम्भ गर्‍यौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित सामाजिक संजाल पोस्टमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘भाँडामा जाओस्’ भन्ने अभिव्यक्ति दिएको संकेत गरिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’काे एउटा अन्तर्वार्ता अंशलाई सामाजिक संजालमा पोस्ट गर्दै थमनेलमा दाबी पेश गरिएको देखिन्छ ।

सोही दाबीलाई ध्यानमा राख्दै हामीले तथ्यजाँच सुरु गर्‍यौँ । सबैभन्दा पहिले हामी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अन्तर्वार्ताको मूल अंश खोज्नतिर लाग्यौँ । जसका लागि विभिन्न किवर्ड तयार पारेर युट्युबमा खोजियो । तर, किवर्ड मेल नखाँदा र अन्य कारण अन्तर्वार्ताको मूल अंश फेला पर्न सकेन ।

दोस्रो तहको जाँचमा हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेको दृश्यलाई स्क्रिनसट गरेर गुगल लेन्समा सर्च गर्‍यौँ । रिभर्स इमेज सर्चको नतिजास्वरुप थुप्रै नतिजाहरू भेटिए, तीमध्ये एउटा समाचार लिंकसमेत फेला पर्‍यो । onlinekhabar मा प्रकाशित उक्त समाचारमा राखिएको मुख्य तस्बिर र माथि उल्लेखित सामग्रीको स्क्रिनसट उस्तै उस्तै देखन्छन् ।

२०७७ माघ ७ गते प्रकाशित समाचार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तर्वार्ताका आधारमा तयार पारिएको छ । प्रस्तुत समाचारको एउटा अंश यस्तो छ- 

संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ । प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने- शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’ 

समाचारमा लेखिएको जानकारी र समाचारको मूल तस्बिरलाई मध्यनजर गर्दै हामीले पुन: किवर्ड सर्च थाल्यौँ । जस अन्तर्गत  ‘प्राइम टाइम अन्तर्वार्ता प्रचण्ड’ वाक्यांशलाई युट्युबमा सर्च गर्दा एउटा भिडियो फेला पर्‍यो । Prime Times HD नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा संचारकर्मी ऋषी धमलाले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तर्वार्ता लिइरहेका छन् । 

दुई वर्षअघि अर्थात् १९ जनवरी २०२१ मा पोस्ट गरिएको प्रस्तुत अन्तर्वार्तामा करिब डेढ घण्टा लामो छ । हामीले उक्त डेढ घण्टा लामो भिडियोलाई सरसर्ती नियाल्यौँ । 

अन्तर्वार्ता नियाल्ने क्रममा १ घण्टा ३ मिनेट पुगेपछि माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो अंश फेला पर्‍यो । दाबीसहितको सामग्रीमा राखिएको भिडियो अंश १ घण्टा ३ मिनेटदेखि १ घण्टा ५ मिनेटको बिचमा फेला भेटियो । यसबीचमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन् –   

‘फेरि देशमा हिंसा होस् भन्ने कसैले चाहेको छ ? फेरि अराजकता फैलियोस् भन्ने चाहेको छ ? फेरि शान्ति भंग होस् भन्ने कसैले चाहेको छ ? केपीले त चाहेकै देख्छु मैले । केपीले त भाँडमा जाओस् देश, भाँडमा जाओस् संविधान, भाँडमा जाओस् संघीयता-गणतन्त्र र धर्मनिरपेक्षता भन्ने चाहेकै देख्छु म । तर, कुनैपनि विवेकशील नेपालीले त्यो सोचेको छ भन्ने मलाई लाग्दैन ।’

माथि उल्लेखित सामाजिक संजालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भाँडमा जाओस् देश, भाँडमा जाओस् संविधान, भाँडमा जाओस् संघीयता-गणतन्त्र र धर्मनिरपेक्षता’ भनेको भिडियो अंश मात्रै पोष्ट गरिएको छ । अगाडि र पछाडिको भागलाई काटिएका कारण उक्त भनाईको भाव प्रष्ट हुन सकेको छैन् ।  

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई लक्षित गरेर भनेको कुरालाई छाँटकाँट गरेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । दुई वर्ष पूरानो अन्तर्वार्तालाई छाँटकाँट गर्दै वर्तमान सन्दर्भमा पोस्ट गर्दा भ्रामक सन्देश प्रवाह भएको देखिन्छ ।

निष्कर्ष

मूल अन्तर्वार्ताबाट अगाडि र पछाडिको भागलाई छाँटकाँट गर्दै सामाजिक संजालमा पोस्ट गरिएको पुष्पकमल दाहाल ‘प्रचण्ड’को भिडियो अंश दुई वर्ष पूरानो हो ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई लक्षित गरेर भनेको अभिव्यक्तिलाई सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Prime Times HD
Onlinekhabar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular