Friday, October 25, 2024
Friday, October 25, 2024

HomeFact CheckFact Check: रवि लामिछाने रिहा नहुँदै सामाजिक संजालमा फैलियो गलत दाबी 

Fact Check: रवि लामिछाने रिहा नहुँदै सामाजिक संजालमा फैलियो गलत दाबी 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएको दाबी ।
तथ्य:  पुरानो र फरक सन्दर्भको तस्बिरलाई गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।

पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने छुटेको (रिहा भएको) दाबी गरिएको छ ।

Balenshahfansclub25 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रवि लामिछानेको तस्बिर जोडिएको छ । प्रस्तुत तस्बिरसँगै रवि लामिछाने रिहा भएको सन्देश दिइएको छ । तस्बिरको थमनेलमा देखिएको छ- ‘रवि लामिछाने छुटेको खबर, बधाई छ ।’    

२४ अक्टोबर २०२४ मा पोस्ट गरिएको सामग्री (केही घण्टाअघि) मा २ हजार २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । 

त्यस्तै syangjakc नामक टिकटक आइडीमा पनि सोही दाबीसहितको सामग्री पोस्ट गरिएको छ । २३ अक्टोबर २०२४ मा पोस्ट गरिएको सामग्रीमा १८ हजार ५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब ४ सय पटक सेयर भइसकेको दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।

के प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएका हुन् त? रवि लामिछाने छुटेको खबर भन्दै सामाजिक संजालमा फैलाइएको दाबीबारे हामीले जाँचबुझ गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

२ कात्तिक २०८१ मा प्रहरीले पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको थियो । कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर लामिछानेलाई प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो । रवि लामिछानेमाथि सहकारीमा जम्मा भएको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मार्फत् अपचलन गरेको आरोप लागेको छ ।

काठमाडौँमा पक्राउ गरेर रवि लामिछानेलाई कास्की पुर्‍याइएको थियो । पक्राउ परेको केही दिनपछि उनी रिहा भएको दाबीसहित सामाजिक संजालमा केही तस्बिर पोस्ट गरिएको पाइयो ।

दाबीको जाँचका लागि हामीले रवि लामिछाने पक्राउ प्रकरणबारे पक्राशित ताजा समाचारहरु नियाल्यौँ । नतिजास्वरुप केही घण्टाअघि मात्रै (२४ अक्टोबर २०२४) bbc.com/nepali मा प्रकाशित समाचार फेला पर्‍यो । उक्त समाचारमा रवि लामिछानेलाई हिरासतमा राख्न ७ सात दिन म्याद थप गरिएको जानकारी दिइएको छ । 

सोही जानकारीसहितको समाचार kantipurtv.com मा पनि पक्राशित भएको छ । आजै प्रकाशित (२४ अक्टोबर २०२४) समाचार अनुसार सहकारी ठगी प्रकरणमा अनुसन्धान पूरा नभएको भन्दै कास्की जिल्ला अदालतले लामिछानेलाई थप एक साता हिरासतमा राख्न म्याद थप्ने निर्णय गरेको जानकारी दिइएको छ ।

प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा नभएको जानकारी फेला परेका तथ्यहरुले प्रष्ट पारेका छन् । 

अर्कोतर्फ दाबीसहितको सामग्रीसँग रवि लामिछानेको एउटा तस्बिरसमेत जोडिएको छ । उक्त तस्बिरको जाँचका लागि हामीले गुगल लेन्समा रिभर्स इमेज सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप annapurnapost.com मा प्रकाशित समाचार फेला पर्‍यो ।  

१३ वैशाख २०८० मा प्रकाशित समाचारमा तीन क्षेत्रमा भएको उपनिर्वाचनबाट नेपाली कांग्रेसले एक सिट गुमाएको र राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट बढाएको जानकारी दिइएको छ । प्रस्तुत समाचारमा उल्लेखित तस्बिर र दाबीसहितको सामाग्रीमा उल्लेख गरिएको तस्बिरमा एउटै हो । पुरानो र फरक सन्दर्भको तस्बिरलाई रवि लामिछाने रिहा भएको जानकारीसँग जोड्दै पोस्ट गरिएको देखियो ।  

कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएको दाबीबारे थप जाँचका लागि हामीले आधिकारिक निकायलाई सम्पर्क गर्‍यौँ । यसका लागि हामीले कास्की जिल्ला प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियालाई फोन सम्पर्क गर्‍यौँ । उनले रवि लामिछाने रिहा भइनसकेको पुष्टि गरे । एसपी ओलियाका अनुसार लामिछाने हिरासतमै छन् ।

​​निष्कर्ष

कास्की जिल्लास्थित प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएको दाबी गलत छ । पुरानो र फरक सन्दर्भको तस्बिरलाई गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

समाचार, bbc.com/nepali
समाचार, kantipurtv.com
तस्बिर, annapurnapost.com
समाचार, nagariknews.nagariknetwork.com

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular