Wednesday, January 22, 2025
Wednesday, January 22, 2025

HomeFact CheckFact Check: मन्त्री खड्का र नेता थापाको ‘निधन’ भएको छैन, गलत दाबी...

Fact Check: मन्त्री खड्का र नेता थापाको ‘निधन’ भएको छैन, गलत दाबी सामाजिक संजालमा फैलाइयो

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निधन भएको दाबी ।
तथ्य: जीवित व्यक्तिका तस्बिरहरुलाई दूरुपयोग गरी गलत दाबी सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कासँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा कुटपिटपछि उपचारको क्रममा मन्त्री खड्काको निधन भएको दाबी गरिएको छ ।

Yuntyloveriloveunty नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मन्त्री दिपक खड्काको तस्बिर जोडिएको छ । १७ जनवरी २०२५ मा पोस्ट गरिएको उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘शुक्रबार बिहान कुटपिटमा परेर मन्त्री दिपक खड्काको उपचारको क्रममा भर्खरै हस्पिटलमै ज्यान गएको कुरा आएको छ ।’ 

अर्कोतर्फ नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सम्बन्धित उस्तै सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । Chandra kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा थापाको तस्बिर जोडिएको छ । 

१८ जनवरी २०२५ मा पोस्ट गरिएको उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘गगनकुमार थापा चढेको गाडी सिधै पोलमा लगेर ठोक्किएको छ, किनभने ड्राइभरको गल्ती देखेको छु मैले भिडियो हेर्दा । हार्दिक श्रद्धान्जली दाई हजुरको आत्माले शान्ति पाओस् ।’ 

तथ्यजाँच/प्रमाणीकरण

केही दिनअघि नेपाली संचार माध्यममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कामाथि हातपातजन्य दुर्व्यवहार भएको समाचार प्रकाशित भएका थिए । इकान्तिपुर डटकममा ३ माघ २०८१ मा प्रकाशित समाचार अनुसार मन्त्री खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको थियो । 

घटनाबारे जानकारी दिँदै मन्त्री खड्काले इकान्तिपुरलाई भनेका छन्-  ‘एक व्यक्तिले दुर्व्यवहार गरेको हो । सामान्य घटना भएको हो । गोरखाको पोखरेल थरका व्यक्ति रहेछन् । मानसिक समस्या भएको व्यक्ति रहेछ ।’

सोही घटनाको समाचार clickmandu.com, thahakhabar.com ले समेत प्रकाशित गरेका छन् । तर, उक्त हातपातबाट खड्कामाथि कुनै गम्भीर चोट लागेको थिएन । मन्त्रीमाथि हातपात भएपछि उपचारको क्रममा मन्त्री खड्काको निधन भएको दाबी सामाजिक संजालमा फैलाइएको छ । उद्यपी हातपात भएपछि पनि मन्त्री खड्का आफ्नो नियमित काममा सक्रिय छन् ।

५ माघ २०८१ मा मन्त्री खड्का  संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा चिनियाँ पर्यटक लक्षित ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रममा सहभागि भएका थिए । फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने कुटपिटपछि मन्त्री खड्काको निधन भएको दाबी भ्रामक छ ।

अर्कोतर्फ नेपाली कांग्रेसका महामन्त्री गगन थापा गाडी दुर्घटनामा परी निधन भएको दाबी पनि भ्रामक रहेको पाइयो । पछिल्लो समय थापा कुनै दुर्घटनामा नपरेको र उनी सकुशल रहेको उनको सचिवालयले हामीले जानकारी दियो । अर्कोतर्फ सामाजिक संजाल खातामा थापाका गतिविधि पोस्ट गरिएको देखिन्छ ।   

महान्त्री थापाको आधिकारिक फेसबुक अकाउन्ट Gagan Thapa मा केही घण्टाअघि मात्रै केही तस्बिरहरु पोस्ट गरिएको छ । उक्त पोस्टमा चेसका खेलाडीहरुसँग थापाले साक्षत्कार गरिरहेको तस्बिरहरु देख्न सकिन्छ ।

निष्कर्ष

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निधन भएको दाबीसहित पोस्ट गरिएका पोस्टहरु गलत छन् । जीवित व्यक्तिका तस्बिरहरुलाई दूरुपयोग गरी गलत दाबी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

नतिजा : गलत

हाम्रा स्रोतहरू

समाचार, ekantipur.com
फेसबुक पोस्ट, Gagan Thapa
समाचार, clickmandu.com
समाचार, thahakhabar.com
समाचार, ratopati.com 

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular