दाबी: आमाको दूधले शरीरमा ट्युमरलाई सानो टुक्रामा तोड्न सक्छ र यसरी टुटेका ट्युमरलाई क्यान्सरका बिरामीले पिसाबको माध्यमबाट फाल्न सक्छन् ।
तथ्य: आमाको दूधले शरीरमा रहेका ट्युमरहरूलाई साना-साना टुक्रा पार्ने दाबीलाई अहिलेसम्म चिकित्सकहरुले समर्थन गरेका छैनन् ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको सामग्री फेला गरेको छ । उक्त सामग्रीमा आमाको दूधमा भएको रसायनले ट्युमरलाई टुक्राटुक्रा पार्ने दाबी गरिएको छ ।
बशन्त श्रेष्ठ फेसबुक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा स्ट्याटस लेखिएको छ । उक्त स्ट्याटसमा आमाको दूधले शरीरमा ट्युमरलाई सानो टुक्रामा तोड्न सक्छ र यसरी टुटेका ट्युमरलाई क्यान्सरका बिरामीले पिसाबको माध्यमबाट फाल्न सक्ने दाबी गरिएको देखिन्छ ।
स्ट्याटसमा लेखिएको छ- आमाको दूधमा मात्र पाइने एक रसायनले शरीरका ट्युमरलाई ससाना टुक्रा पार्न सक्ने अनुसन्धानबाट पत्ता लागेको छ । यसरी टुक्रा भएको ट्युमरलाई क्यान्सर रोगीहरूले पिसाबमार्फत फ्याँक्न सक्छन् । शिशुको विकासका लागि अपरिहार्य आल्फा१एचले स्वस्थ कोषिकालाई हानि नगरिकन ट्युमर नष्ट गरेको देखिएको छ । एक अध्ययनमा पिसाबथैलीको क्यान्सरबाट पीडित २० रोगीले आल्फा१एच ६ चोटि मात्र पाउँदा पनि पिसाबबाट ट्युमर फाल्न सकेको पाइयो । थप अनुसन्धानमा रोगीहरूले उपचारको दुई घन्टाभित्र खराब कोषिका फ्याँक्न सकेको देखिएको छ । आल्फाएच फ्याट ओलेइक एसिडसँग मिसिएपछि तिनीहरूले क्यान्सरयुक्त कोषिकालाई आत्महत्या गर्न बाध्य बनाउँछन् । चेक गणतन्त्रका अनुसन्धानकर्ताहरूले यो केमाको नरम रूप हुन सक्ने बताएका छन् । परम्परागत केमोथेरापीमा कोषिकाहरू विषाक्त हुने र खराब साइड इफेक्ट देखिने हुन्छ । औषधि निर्माता ह्याम्लेट फार्मा लिमिटेडले यो रसायनबाट पिसाबथैलीको ट्युमर खुम्चिने अनि रोगीको अवस्था सुध्रिने विषयमा थप परीक्षण गर्ने योजना बनाएको छ ।
आमाको दूधले शरीरमा ट्यूमरलाई सानो टुक्रामा तोड्न सक्छ भन्ने दाबीमाथि तथ्यजाँच गर्दा उक्त दाबी आशिंक गलत रहेको पाइयो ।
तथ्यजाँच/प्रमाणीकरण
आमाको दूध (स्तन दूध)ले ट्यूमरहरूमा पार्ने प्रभावबारे थोरै प्रमाणहरू फेला परेका छन् । ती प्रमाणमा आमाको दूधले शरीरमा रहेका ट्युमरहरूलाई साना-साना टुक्रा पार्ने र क्यान्सर रोगीहरूको पिसाबबाट बाहिर निकाल्नेबारे अनुसन्धान गरिएको छ । तर, उल्लेखित दाबीलाई अहिलेसम्म चिकित्सकहरुले समर्थन गरेका छैनन् ।
आमाको दूध (स्तन दूध) स्तन ग्रंथिहरू द्वारा उत्पादित पोषक तत्वयुक्त तरल पदार्थ हो, जसले नवजात शिशुहरूको लागि आवश्यक पोषण प्रदान गर्दछ र यसले अत्याधिक स्वास्थ्य लाभ प्रदान गर्दछ । बच्चालाई आवश्यक पोषकतत्व प्रदान गर्न समयसँगै आमाकाे दूधको संरचना परिवर्तन भइरहन्छ ।
आमाको दूधमा एन्टिबडीहरू रहेका हुन्छन्, जसले प्रतिरक्षा कार्यलाई बढावा दिनुका साथै आमा र बच्चाबीचको सम्बन्धलाई बिस्तारित गरिरहेका हुन्छन् । आमाको दूधले पहिलो ६ महिनामा शिशुहरूका लागि पोषकतत्वकाे स्रोतको रूपमा काम गर्दछ ।
उपलब्ध प्रमाणहरुले स्तन क्यान्सरको उत्पत्ति र स्तनपानको सुरक्षात्मक प्रभावहरू बुझ्नका लागि प्रयास गरिरहेका छन् । स्तन क्यान्सरविरुद्ध सुरक्षात्मक प्रभावका लागि स्तनपानलाई लामो समयदेखि मान्यता दिइएको छ तर यसका अन्तर्निहित चिकित्सा संयन्त्रहरू अस्पष्ट छन् । अर्कोतर्फ स्तनपानको समयमा स्तनको ऊतकमा हुने दीर्घकालीन एपिजेनेटिक परिवर्तनहरूका लागि जिम्मेवार हुन सक्छन् र यस परिकल्पनाको अनुसन्धान चुनौतीपूर्ण रहेको अध्ययनहरूमा उल्लेख छ । शल्यक्रियाबाट स्तनपान गराउने व्यक्तिहरूबाट स्तन ऊतकको सीमित उपलब्धताले अनुसन्धानको प्रगतिलाई बाधा पुर्याएको छ ।
स्तनपानको समयमा स्तनको दूध ग्रंथिहरूबाट केही कोशिकाहरू दूधमार्फत् नै बाहिर निस्किन्छन् । तर, यी कोशिकाहरूले कति अन्तर्दृष्टि प्रदान गर्न सक्छन् भन्ने विषय हालसम्म यो अनिश्चित छ । यद्यपि कोशिकाहरू दूधमा जीवित रहन्छन् र विश्लेषणको लागि अलग गर्न सकिन्छ भन्ने प्रमाणहरूले देखाएका छन् ।
मानिसको शरीरमा रहेका ट्यूमरको उपचारका लागि सामान्यतया शल्यक्रिया, विकिरण थेरापी, केमोथेरापी, इम्युनोथेरापी लगायतका विधिहरूको प्रयोग गरिन्छ । यी उपचारहरू क्यान्सर कोशिकाहरूलाई लक्षित गर्न र नष्ट गर्न वा तिनीहरूको वृद्धिलाई रोक्न डिजाइन गरिएको हो ।
निष्कर्ष
आमाको दूध (स्तन दूध)ले ट्यूमरहरूमा पार्ने प्रभावबारे थोरै प्रमाणहरू फेला परेका छन् । आमाको दूधले शरीरमा रहेका ट्युमरहरूलाई साना-साना टुक्रा पार्ने दाबीलाई अहिलेसम्म चिकित्सकहरुले समर्थन गरेका छैनन् । ट्यूमरको उपचारका लागि सामान्यतया शल्यक्रिया, विकिरण थेरापी, केमोथेरापी, इम्युनोथेरापी लगायतका विधिहरूको प्रयोग गरिन्छ ।
नतिजा : आंशिक गलत
हाम्रा स्रोतहरू
Nature.com
Ncbi.nlm.nih.gov
The composition of human milk
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]