Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: जामुनको पात, हांगा, फलले मधुमेह रोग निको पार्ने दाबी ।
तथ्य: मधुमेह पूर्णरूपमा निको पार्ने कुनै औषधी उपलब्ध छैन ।
मधुमेह रोगसँग सम्बन्धित दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा जामुनको पात, हांगा, फलले मधुमेह रोग निको पार्ने दाबी गरिएको छ ।
Samuhasagarmatha नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक व्यक्तिले जामुनको पात समाएर उभिएका छन् । साथै भिडियोमा उनले भनेका छन् । ‘नमस्कार, आज मैले चिनी बिरामी (मधुमेह) को रामबान औषधि ल्याएर आएको छ । जामुनको पात, हांगा, फल यदि चिनी बिरामीमा यो प्रयोग गर्यो भने रामबान काम गर्छ ।’
जामुन (सिजिजियम क्युमिनी) को पात, बोक्रा, फल यदि मधुमेहको औषधि होइन । तर यसले मधुमेहकाे अवस्थालाई व्यवस्थापन गर्न मद्दत गर्न सक्छ । जामुनकाे फल र बीउमा जाम्बोलिन र इलाजिक एसिड जस्ता यौगिकहरू हुन्छन्, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सक्छ ।
जामुनले हाइपरग्लाइसेमिया कम गर्न र समग्र ग्लाइसेमिक नियन्त्रण सुधार गर्न मद्दत गर्दछ । यद्यपि, यो निर्धारित मधुमेह उपचार र स्वस्थ जीवनशैलीको साथसाथै पूरकरूपमा प्रयोग गर्नुपर्ने अध्ययनहरूले सुझाव दिएका छन् ।
डाइटिशियन काजल गुप्ता मधुमेह पूर्ण रूपमा निको हुने सम्भावना कम बताउँछिन् । तर, मधुमेहलाई औषधि, आहार र जीवनशैली परिवर्तनहरूबाट व्यवस्थित गर्न सकिन्छ । हाल मधुमेह पूर्णरुपमा निको पार्ने कुनै उपचार छैन तर यसलाई उपयुक्त उपचारबाट व्यवस्थापन गर्न सकिन्छ ।
जामुनको पात, हांगा, फलले मधुमेह रोग निको पार्ने दाबी भ्रामक छ । मधुमेह पूर्णरूपमा निको पार्ने कुनै औषधी उपलब्ध छैन । मधुमेह रोगलाई नियन्त्रणमा राख्नका लागि औषधि, आहार र जीवनशैली परिवर्तन गर्नुपर्छ ।
रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, diabetes.org.uk
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
July 4, 2025
Aakash Chhetri
July 2, 2025
Newschecker And THIP Media
June 29, 2025