Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

सामाजकि संजालमा एउटा स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा पानको पातबाट कुकुरको टोकाइलाई निको पार्न सक्ने दाबी गरिएको देखिन्छ ।
Rambrikshsah नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एकजना व्यक्ति देखिएका छन् । ती व्यक्तिले एउटा वनस्पति हातमा लिएका छन् र उक्त वनस्पतिलाई उनले कुकुरको टोकाइको घरेलु औषधीको रुपमा प्रस्तुत गरेका छन् ।
भिडियोमा ती व्यक्तिले भनेका छन्,‘यदि मानिस, गाइ, भैसी, बाख्रालाई कुकुरले टोक्दा यो वनस्पतिलाई पिसेर सात साँझ सेवन गरेमा विष लाग्दैन ।’
त्यस्तै प्रस्तुत भिडियोको थमनेलमा पनि यही खालको दाबीलाई जोड दिइएको देखिन्छ । थमनेलमा लेखिएको छ- ‘थमनेलमा लेखिएको छ कुकुरले टेकेपछि रामबान घरेलु उपचार ।’

कुनैपनि विरुवाको पातले कुकुरको टोकाइलाई निको पार्न सक्छ भन्ने दाबी पुष्टि हुन कठिन छ । केही बिरुवाका पातले कुकुरको टोकाइको उपचार गर्न सक्ने पनि उपलब्ध अनुसन्धानमा उल्लेख गरिएको छ तर यो ज्यादै नै जोखिमयुक्त हुने गर्दछ ।
२०१७ मा प्रकाशित एक शोधपत्रले रेबिज व्यवस्थापनको लागि १९९ प्रजातिका विरुवाको प्रयोगबारे बताइएको छ । कुकुरको टोकाइको उपचारमा लुफा इचिनाटा नामक औषधीय गुण भएको बिरुवा प्रयोग गरिने sciencebeingjournal.com ले जानकारी दिएको छ ।
२०१९ मा प्रकाशित अर्को अनुसन्धान पत्रले क्यालेन्डुला अफिसिनालिस, हाइपेरिकम पर्फोरेटम, म्याट्रिकरिया क्यामोमिला र साल्भिया अफिसिनालिसले कुकुरको टोकाइको उपचार गर्न सक्ने जानकारी दिएकाे छ । तर, यी कुनै पनि कागजातले कुकुरले टोक्दा वनस्पतिमा मात्रै भर पर्नु र उचित उपचार नखोज्नु फाइदाजनक हुन्छ भन्ने पुष्टि गर्दैन ।
हामीले कुकुरको टोकाइ र यसकाे उपचारमा वनस्पतिको प्रयोगका विषयमा भारतकाे दिल्लीस्थित डा.गान्धी पेट अस्पतालका भेटेरिनरी डाक्टर डा. विवेक अरोरासँग परामर्श गर्यौँ ।
डा. विवेक अरोरा भन्छन्,‘कुकुरले टोकेको घाउको उपचार एन्टि-इन्फ्लेमेटरी र एन्टिबायोटिक गुण भएको कुनै पनि वनस्पतिले गर्न सक्छ । तर, कुकुरको टोकाइको घाउको उपचारमा वनस्पतिका पातबाट गर्नुपर्छ भन्ने कुरा विश्वव्यापी स्वास्थ्य निकायहरूले अनुमोदिन वा सिफारिस गरेका छैनन् । यद्यपि यसकाे उपचारमा विशेषज्ञहरूको सल्लाह खोज्नु र त्यसकाे पालना गर्नु उत्तम हुन्छ ।’
कुकुरको टोकाइका उपचार चरणहरू :
१) घाउलाई साबुन र तातो पानीले धुनुपर्छ ।
२) रगतको प्रवाह रोक्न घाउलाई सफा कपडाले बिस्तारै थिच्नुपर्छ ।
३) घाउमा जीवाणुरोधी मलम लगाउनुपर्छ ।
४) पट्टीले घाउलाई छोप्नुपर्छ ।
५) संक्रमणको लक्षणहरू देखा परेको नपरेको ख्याल गर्नुपर्छ ।
६) यदि संक्रमण वा रेबिजको सम्भावित जोखिमको शंका छ भने अन्य उपचार खोज्नुपर्छ ।
७) कुकुरले टोकेपछि सधैँ डाक्टरलाई देखाउनुपर्छ ।
कुकुरले टोकेपछिको यो अवस्थामा चिकित्सक कहाँ जानुपर्छ : अन्तिम पटक टिटानस खोप लिएको थाहा नभएमा, कमजोर, विचलित वा बेहोसी महसुस भएमा, ज्वरो आएमा चिकित्सक कहाँ पुग्नुहोस् ।
केही बिरुवाका पातले कुकुरको टोकाइको उपचार गर्न सक्ने उपलब्ध अनुसन्धानमा उल्लेख गरिएको छ तर यो ज्यादै नै जोखिमयुक्त हुने गर्दछ । त्यसैले कुनैपनि विरुवाको पातले कुकुरको टोकाइलाई निको पार्न सक्छ भन्ने दाबी पुष्टि हुन कठिन छ ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025

Newschecker And THIP Media
August 1, 2025