Tuesday, January 28, 2025
Tuesday, January 28, 2025

HomeFact CheckFact Check: नेपाली सेनाको ‘वीरता’ देखाइएको भिडियो भ्रामक  

Fact Check: नेपाली सेनाको ‘वीरता’ देखाइएको भिडियो भ्रामक  

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: आगोसँग खतरनाक तालिम गरिरहेका सैनिक ‘नेपाली सेना’ हुन् ।
तथ्य: दाबीसहितको भिडियोमा टर्की समर्थित सिरियाली लडाकुहरुले प्रयोग गर्ने झण्डा देखिन्छ ।

सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ, जसमा सैनिक तालिमको दृश्य देख्न सकिन्छ  र यसरी तालिम गर्ने सैनिक नेपाली सेना रहेको दाबी उक्त सामग्रीमा गरिएको छ ।

Rijwanansari नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा केही सैनिकहरू आगोसँग कठिन शारिरिक कसरत गरिरहेका छन् । उक्त भिडियोमा नेपालको राष्ट्रिय झण्डा जोडिएको छ र थमनेलमा नेपाली सेनातर्फ संकेत गरिएको छ । थमनेलमा लेखिएको छ-  ‘नेपाली सेना’ । 

पोस्ट गरिएको तीनदिनमै दाबीसहितको सामग्रीमाथि करिब १३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीमा १ सय भन्दा बढी प्रतिक्रिया आइसकेका छन् । त्यस्तै यही अवधिमा दाबीसहितको सामग्रीलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या करिब १ सय पुगिसकेको छ ।

उल्लेखित तथ्यलाई मध्यनगर गर्ने हो भने प्रस्तुत दाबीसहितको फैलावट आगामि दिनमा झनै बढ्ने सम्भावना छ । सैनिकले कठिन शारिरिक कसरत गरिरहेको दृश्य र उक्त सामग्रीमा गरिएको दाबी अत्यन्तै महत्वपूर्ण छ । त्यसैले हामीले प्रस्तुत दाबीमाथि जाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो जुनसुकै स्थान र मुलुकको हुन सक्छ, यसको वास्तविकता पत्ता नलाग्न पनि सक्छ । त्यसैले जाँच सुरु गर्दैगर्दा हामीले केही प्रश्नको उत्तरमा मात्रै केन्द्रीत रहेर यो तथ्यजाँच तयार पार्‍यौँ । प्रस्तुत दाबीसहितको सामग्रीमा उल्लेखित भिडियोमा देखिएका सैनिक नेपाली सेना रहेको सांकेतिक दाबी गरिएको छ । के भिडियोमा देखिएका सैनिक नेपाली सेना नै हुन् ? भन्ने प्रश्नमा केन्द्रीत रहेर यो तथ्यजाँच गरिएको छ ।

हामीले जाँचलाई अगाडि बढाउँदै गर्दा सबैभन्दा पहिले भिडियोको स्कृनसट गरेर त्यसलाई गुगल लेन्समा सर्च गर्‍यौँ । पटक-पटक गरिएको सर्चको नतिजास्वरुप केही सामाजिक संजाल पोस्टहरू फेला परे ।  

Ali_AlGhraib नामक ट्विटर आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको देखिन्छ । २६ अप्रिल २०२३ मा पोस्ट गरिएको उक्त भिडियोसँगै एउटा क्याप्सनसमेत लेखिएको छ । सो क्याप्सनमा उक्त भिडियो क्याप्सनमा तालिम गरिरहेका सेना रहेको दाबी गरिएको छ । अरवी भाषामा लेखिएको उक्त क्याप्सनको एउटा अंश यस्तो छ- ‘इराकी सेनाहरू उठ्न थाले ।’

माथि उल्लेखित दाबीसहितको सामग्रीमा उक्त भिडियोको दृश्यलाई ‘नेपाली सेना’ भनिएपनि ट्विटर आइडीमा पोस्ट गरिएको भिडियोमा भने उक्त दृश्य इराकी सेनासँग सम्बन्धित रहेको दाबी गरिएको छ । यस तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहितको भिडियो नेपालसँगै विदेशी मुलुकमा पनि फैलिरहेको छ ।

विश्वस्त स्रोतको खोजीमा हामीले जाँचलाई सुरु गरेकै बिन्दूबाट पुन: अगाडि बढायौँ । जसको फलस्वरुप LYRIKAL MASTER  नामक युट्युब च्यानलमा पोस्ट गरिएको छोटो भिडियो फेला पर्‍यो । केही समयअघि मात्रै पोस्ट गरिएको उक्त भिडियोमा पनि सो दृश्य इराकी सेनाकै रहेको दाबी गरिएको छ । तर, यो स्रोतबाट पनि हामी विश्वस्त हुन सकेनौँ ।

जाँचका क्रममा फेला परेका उल्लेखित दुबै सामग्री ‘नेपाली सेना’को दाबीसहित सामाजिक संजाल पोस्ट गरिएको सामग्रीभन्दा अघि नै पोस्ट गरिएको पाइयो । यसबाट उक्त दृश्य नेपाली सेनाको हुन नसक्ने आँकलन गर्न सकिन्छ । तर, पुष्टि भने हुन सक्दैन । यही क्रममा हामीले उक्त भिडियोलाई पुन: एकपटक नियाल्यौँ । जसको फलस्वरुप एउटा संकेत फेला पर्‍यो । 

भिडियोको बिचतिर एउटा दृश्य देख्न सकिन्छ, जसमा सैनिकका बिच तीनवटा झण्डाहरू छन् । देखिएका तीवटा ती झण्डाहरू मध्ये पहिलो झण्डामा माथि हरियो, तल कालो रंग पोतिएको छ र बिचमा सेतो रंगमा तीनवटा तारा देख्न सकिन्छ । त्यस्तै अन्तिम झण्डामा पनि त्यस्तै माथि हरियो, तल कालो रंग पोतिएको छ र बिचको सेतो रंगमा रहेका ताराहरू अस्पष्ट तवरले देखिएका छन् । त्यस्तै बिचमा रहेको झण्डा रातो छ र त्यहाँ रहेको चिन्ह अस्पष्ट छ ।

भिडियोमै देखिएको संकेतका आधारमा हामीले अरवी मुलुक र त्यहाँका सेनाका झण्डाहरू एक-एक गर्दै नियाल्न थाल्यौँ । फलस्वरुप हामीले सिरियाको पूरानो झण्डा फेला पार्‍यौँ । वर्तमान समयमा सिरियाको राष्ट्रिय झण्डा फरक भएपनि सिरियाको पूरानो झण्डाबारे हामीले जाँच गर्‍यौँ ।

सिरियाली गणतन्त्रको प्रतिकका रुपमा माथि उल्लेखित झण्डालाई सन् १९३० देखि सन् २०८० सम्म आधिकारिक रुपमा लागु गरिएको थियो । तर, वर्तमान समय सिरियामा चलिरहेको गृहयुद्धमा विपक्षीले सोही झण्डालाई प्रयोग गरिरहेको तथ्य flagmakers.co.uk नामक वेबसाइटमा उल्लेख गरिएको छ । 

पूरानो झण्डालाई केही सिरियाली बिद्रोहीले प्रयोग गर्ने गरेको तथ्य फेला परेपछि हामीले जाँचलाई अगाडि बढायौँ । यो जाँचमा हामीले झण्डाको विषयलाई छाडेर त्यहाँका बिद्रोहीको बारेमा चासो दियौँ । किवर्ड सर्चका क्रममा हाम्रो नजर Financial Times मा प्रकाशित एउटा लेखमा पर्‍यो । 

२५ जुलाई २०२२ मा प्रकाशित उक्त लेखले उत्तरी सिरियामा बढिरेहको बिद्रोहीको भूमिकाबारे जानकारी दिएको छ । उक्त लेखमा राखिएको कभर फोटोमा एउटा रातो झण्डासमेत देखिएको छ । उक्त रातो झण्डामा इस्लामको प्रतीक अथवा तारासहितको अर्धचन्द्राकार चिन्ह देख्न सकिन्छ । फेला परेका तथ्यका आधारमा हामीले ‘Turkey-backed Syrian fighter flag’ भन्ने वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप हामीले यस्ता तस्बिर फेला पार्‍यौँ :  

सिरिया-टर्की समस्या तथा गृहयुद्धको सन्दर्भलाई ध्यान नदिएर अब हामी दाबीसहितको सामग्रीमा देखिने भिडियोमै फर्कियौँ । उक्त भिडियोमा देखिएका झण्डा र टर्की समर्थित सिरियाली लडाकुहरुले प्रयोग गर्ने झण्डा उस्तै देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने दाबीसहितको भिडियोमा देखिएको झण्डा र स्रोतमा फेला परेको झण्डा एउटै हो । झण्डा उही भए  भिडियोमा देखिएको दृश्यको सन्दर्भ पनि सिरियातिरकै हुनसक्छ । तर, घटनाको मूल सन्दर्भ हामीले फेला पार्न सकेनौँ ।

सुरुवातमै भनेजस्तो हामीले यो जाँच नेपालमै केन्द्रीत रहेर गरेका छौँ । टर्की समर्थित सिरियाली लडाकुहरुले प्रयोग गर्ने झण्डाबाट के पुष्टि हुन्छ भने उक्त दृश्य नेपाली सेनाको होइन र उक्त भिडियोलाई भ्रामक तरिकाले नेपाली सेनासँग जोडिएको पाइयो ।   

निष्कर्ष

नेपाली सेना भन्दै सामाजिक संजालमा फैलाइएको भिडियोमा टर्की समर्थित सिरियाली लडाकुहरुले प्रयोग गर्ने झण्डा देखिएको छ । नेपालसँग सम्बन्धित नै नरहेको भिडियोलाई ‘नेपाली सेना’को दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Financial Times
Flagmakers.co.uk
apnews.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular