Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.
दाबी: माधवकुमार नेपालले लगाएको कोटमा क्रस/ईद्भास अंकित चिन्ह, क्रिश्चियनको पादरी ।
तथ्य: पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको एउटा तस्बिरलाई इडिट गरी क्रस/ईद्भास चिन्ह राखिएको पाइयो ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्बन्धित दाबीसहितका पोस्ट सामाजिक संजालमा फेला परेका छन् । पूर्व प्रधानमन्त्री नेपाल क्रिश्चियन पादरी भएको दाबी गरिएको छ ।
DURGA CHHETRi नामक टिकटक आइडीमा माधवकुमार नेपालको एउटा तस्बिर पोस्ट गरिएको छ । उक्त तस्बिरमा माधवकुमार नेपालले कोट लगाएका छन् र कोटमा क्रस/ईद्भास अंकित चिन्ह देकिन्छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘जसले धर्म बेच्यो, देश बेच्यो, संसद बेच्यो, आफ्नै सरकार बेच्यो, आफ्नै घरमा आगो झोस्यो, क्रिश्चियनको पादरी । हेर्नुहोस् कोटमा चिन्ह ।’
एक महिनाअघि पोस्ट गरिएको उक्त तस्बिरसहितको दाबीमाथि १४ सयभन्दा बढीले रियाक्ट गरिसकेका छन् भने करिब डेढ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यतिमात्र होइन, यही किसिमका दाबीसहितका सामग्री अन्य सामाजिक संजालमा पनि फेला परेका छन् ।
Inaruwa, Sunsari नामक फेसबुक पेसमा पनि माधवकुमार नेपालको कोटमा क्रस/ईद्भास चिन्ह देखिएको तस्बिर पोस्ट गरिएको छ । तस्बिरसहितको पोस्टमा माधवकुमार नेपालको कोटतर्फ संकेत गर्दै लेखिएको छ- आफैँ सिलाउनुभाको हो कि विदेशबाटै आको हो नेता ज्यू?
नेपालको प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिलाई धार्मिक आधारमा विवादित बनाइनु अत्यान्तै संवेदनशील देखिन्छ । माधवकुमार नेपाल पादरी हुन् त ? उनको कोटमा देखिने क्रस/ईद्भासको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सामाजिक संजालमा फैलाइएको तस्बिरमा माधवकुमार नेपालले लगाएको कोटमा क्रस/ईद्भास अंकित चिन्ह देख्न सकिन्छ । दाबीका अन्य आधार पनि यही दृश्यमै आधारित रहेका छन् । त्यसैले तस्बिरमै केन्द्रीत रहेर जाँच सुरु गर्यौँ ।
जाँचका क्रममा सबैभन्दा गुगनलमा ‘माधवकुमार नेपाल’ नामलाई सर्च गर्यौँ । पहिलो क्लिकको टपमा नेपालसमय डटकम र सञ्चारकर्मी डटकम ले प्रकाशित गरेका तस्बिर फेला परे ।
डिजिटल मिडियामा फेला परेका तस्बिर र माथि उल्लेखित दाबीसहितको पोस्टमा देखिएको तस्बिर एउटै छन् । तर, माधवकुमार नेपालको कोटमा देखिने क्रस/ईद्भास अंकित चिन्ह भने फरक छ ।
सामाजिक संजालमा पोस्ट गरिएको तस्बिरमा क्रस/ईद्भास अंकित चिन्ह देख्न सकिन्छ । तर, गुगल सर्चका क्रममा फेला परेको तस्बिरमा माधवकुमार नेपालको कोटमा क्रस/ईद्भास अंकित चिन्ह देखिँदैन । फेला परेको तस्बिर २२ डिसेम्बर २०२० मा sancharkarmi.com नामक अनलाइनमा पोस्ट गरिएको हो । अर्कोर्फ माथि उल्लेखित दाबीसहितको तस्बिरमा २०२१/०८/२९ को मिति राखिएको छ ।
जाँचका क्रममा हामीले तस्बिरको मूल सन्दर्भ खोज्न धेरै प्रयास गर्यौँ तर फेला परेन । छेडखानी नगरिएको मूल तस्बिरलाई नेपालका विभिन्न संचार माध्यमले प्रयोग गरेको देखिन्छ । प्रस्तुत तथ्यहरुबाट के प्रष्ट हुन्छ भने माथि उल्लेखित दाबीसहितको तस्बिर भ्रामक छ । संचार माध्यमहरुले प्रकाशित गरेको तस्बिरलाई इडिटगरी माधवकुमार नेपालको कोटमा क्रस/ईद्भास अंकित चिन्ह जोडिएको प्रष्ट भएको छ । दाबीसहितको तस्बिरमा उल्लेख गरिएको मिति (२०२१/०८/२९) पहिल्यै यो तस्बिर खिचिएको थियो ।
निष्कर्ष
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल क्रिश्चियन पादरी भएको दाबी र माधवकुमार नेपालको कोटमा क्रस/ईद्भास चिन्ह अंकित तस्बिर भ्रामक छन् । नेपालको एउटा तस्बिरलाई इडिट गरी क्रस/ईद्भास चिन्ह राखिएको पाइयो ।
नतिजा : भ्रामक/इडिटेड
हाम्रा स्रोतहरू
पू.प्र.म. माधवकुमार नेपालको तस्बिर, nepalsamaya
तस्बिर,sancharkarmi, ७ पौष, २०७७
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.