Wednesday, October 16, 2024
Wednesday, October 16, 2024

HomeFact CheckFact Check: संसद्‍को पुरानो भिडियोमा जोडियो भ्रामक दाबी, कांग्रेसका नेता पक्राउ परेपछि...

Fact Check: संसद्‍को पुरानो भिडियोमा जोडियो भ्रामक दाबी, कांग्रेसका नेता पक्राउ परेपछि संसद् अवरुद्ध भएको हो ?

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍भित्र हंगामा मच्चिएको दाबी (भिडियो)
तथ्य: पुरानो र फरक सन्दर्भको भिडियोको सन्दर्भ लुकाएर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

संसद् भवनभित्रको एउटा दृश्य सामाजिक संजालमा फैलाइएको छ । कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍‌भित्र हंगामा मच्चिएको दाबी गरिएको छ । 

Kapil_khadka नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाली कांग्रेसका सांसद र मर्यादापालकहरुबीच रोष्टम अगाडि असहज परिस्थिति सृजना भएको देखिन्छ ।  साथै भिडियोमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  रोष्टमतर्फ अगाडि बढिरहेको दृश्य देख्न सकिन्छ । 

१४ अक्टोबर २०२४ (एक दिनअघि) पोस्ट गरिएको प्रस्तुत भिडियोमा सभामुख देवराज घिमिरेले मर्यादापालकहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएको आवाज सुन्न सकिन्छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘रविको खेदो खन्दा कांग्रेसका ४ ठुला नेता पक्राउ परेपछि, सहकारी काण्डले संसद्‍मा मच्चियो हंगामा ।’

दाबीसहितको भिडियोलाई ७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब एक सय प्रयोगकर्ताले सेयर गरेको भिडियोमा ३ सयभन्दा बढी प्रतिक्रिया आएको देखिन्छ । आगामी दिनमा दाबीसहितको भिडियोको फैलावट झनै पढ्ने देखिन्छ । 

के कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍भित्र हंगामा मच्चिएको हो त ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

भिडियोको जाँचका क्रममा हामीले ‘पुष्पकमल दाहाल प्रचण्ड भाषण’ ‘संसद अवरोध’ लगायतका वाक्यांशहरुलाई सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप प्रतिनिधि सभाको वेबसाइटमा राखिएको भिडियो फेला पर्‍यो ।  

संसदको वेबसाइट hr.parliament.gov.np मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ-  ‘प्रतिनिधि सभा बैठक, २०८१ जेठ ८ गते, मंगलबार बिहान ११ः०० बजे / सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले गर्नुभएका सम्बोधनको प्रति टेबुल गर्नुहुँदै ।’ 

फेला परेको भिडियोकै एउटा दृश्यलाई दाबीसहित सामाजिक संजालमा फैलाइएका पाइयो । तर, भिडियोको वास्तविक सन्दर्भलाई तोडमोड गरी भ्रामक दाबी सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।

भिडियोको सन्दर्भलाई थप जाँच गर्दा ८ जेठ २०८१ मा बोलाइएको प्रतिनिधि सभा बैठक सत्तापक्ष र प्रतिपक्षको विवादले अवरुद्ध भएको जानकारी फेला पर्‍यो । तत्काली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । 

यही सन्दर्भमा कांग्रेसले छानबिन समितिको कार्यक्षेत्र तयार नभएसम्म सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गरेको गर्‍यो । यस बैठकमा प्रस्ताव प्रस्तुत भइरहँदा  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने वेल घेराउ र नाराबाजी गरिरहेको थियो  ।

यो घटनाको भिडियोलाई Setopati ले ‘आज पनि मर्यादापालकले घेरा हालेर रोष्ट्रममा पुर्याए प्रधानमन्त्रीलाई, कांग्रेसको अवरोध कायमै’ शिर्षकमा पोस्ट गरेको छ ।

कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍भित्र हंगामा मच्चिएको दाबीसहित पोस्ट गरिएको भिडियो वर्तमान राजनीतिक घटनासँग सम्बन्धित छैन ।

​​निष्कर्ष

कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍भित्र हंगामा मच्चिएको दाबी भ्रामक छ । दाबीसहितको भिडियो पोस्ट भएयता संघीय संसद्‍को कुनैपनि सदनमा बैठक बसेकझ छैन । पुरानो र फरक सन्दर्भको भिडियोको सन्दर्भ लुकाएर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, hr.parliament.gov.np
समाचार, setopati.com
समाचार, himalkhabar.com

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular