Saturday, November 23, 2024
Saturday, November 23, 2024

HomeFact CheckFact Check: नेपाल-भारत खुला सीमा सधैँका लागि बन्द भएको भ्रामक दाबी 

Fact Check: नेपाल-भारत खुला सीमा सधैँका लागि बन्द भएको भ्रामक दाबी 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: सुनौली नाका सधैँका लागि बन्द गरिएपछि विराटनगर जोगबनीको रानी नाका पनि सधैँका लागि बन्द गरियो । नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द भयो । अब छिट्टै लागू
हुने देखियो भारतीयलाई नेपाल प्रवेश गर्न पार्सपोर्ट र भिषा सिस्टम…।

तथ्य: नेपाल-भारतको खुला सिमाना सधैँका लागि बन्द गरिएको दाबी भ्रामक छ । नेपाली बजारलाई चलायमान बनाउन राजश्व संकलनमा कडाई गरिएको सन्दर्भ र यस विषयमा संचार माध्यमले
समाचारलाई तोडमोड गर्दै वाचन भ्रामक भिडियो तयार पारिएको देखियो ।  

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा नेपाल-भारत खुला सीमा सधैँका लागि बन्द गरिएको दाबी गरिएको छ ।

Nepali Parivesh नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा केही भिडियो क्लिपहरू देख्न सकिन्छ । दाबीसँगै जोडिएका भिडियोमध्ये नेपाल सशस्त्र प्रहरी बल (एपीएफ), भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीको टोलीबीच वादविवाद चलिरहेको दृश्य महत्वपूर्ण छ । 

भिडियोसहितको सामग्रीमा एउटा थमनेल पनि जोडिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘सुखीको खबर ! नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द ।’  

साथै भिडियोमा समाचार शैलीको अडियो पनि सुन्न सकिन्छ । उक्त अडियोको सुरुवातमा भनिएको छ-  ‘सुनौली नाका सधैँका लागि बन्द गरिएपछि विराटनगर जोगबनीको रानी नाका पनि सधैँका लागि बन्द गरियो । नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द भयो । अब छिट्टै लागू हुने देखियो भारतीयलाई नेपाल प्रवेश गर्न पार्सपोर्ट र भिषा सिस्टम…।’  

पाँच दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा २३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै २३ सयभन्दा प्रतिक्रिया आइसकेको उक्त सामग्रीलाई साढे सात सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

उल्लेखित तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा ब्यापक फैलिरहेको छ । पोस्ट भएको छोटो समयमै व्यापक फैलिएको उक्त सामग्री आगामी दिनमा अझ धेरै फैलिनसक्ने अनुमान गर्न सकिन्छ । त्यसैले नेपाल-भारत खुला सीमा सधैँका लागि बन्द भएको संवेदनशील दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

हालै पोस्ट भएको माथि उल्लेखित भिडियोसहितको सामग्रीमा नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द भएको दाबी गरिएको छ । साथै उक्त सामग्रीमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ), भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीको टोलीबीच वादविवाद चलिरहेको दृश्य पनि देख्न सकिन्छ । 

जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीको मूल अंश पत्ता लगाउने कोशिस गर्‍यौँ । माथि उल्लेखित भिडियोमा ‘नेपाली परिवेश’ लेखिएको एउटा लोगो र वाटरमार्क पनि देख्न सकिन्छ । सोही लोगो र वाटरमार्कलाई मध्यनजर गर्दै हामीले ‘खुला सीमा बन्द’ ‘Nepali Parivesh’ वाक्यांशलाई युट्युबमा सर्च सर्‍यौँ । 

सर्चको नतिजास्वरुप Nepali Parivesh नामक युट्युब च्यानलमा पोस्ट गरिएको मूल भिडियो फेला पर्‍यो । पाँच दिनअघि अर्थात् १९ जुलाई २०२३ मा पोस्ट गरिएको भिडियो नै दाबीसहितको सामग्रीको मूल अंश हो ।   

यस युट्युब च्यानलमा पोस्ट गरिएको दाबी विश्वसनीय नलागेपछि हामी पुन: जाँचमै केन्द्रीत भयौँ । हामीले उल्लेखित दाबीसहितको भिडियोमा बताइएका सूचनाहरूमा ध्यान दियौँ । जसमा एउटा दृष्टान्त पेश गरिएको छ र उक्त दृष्टान्तमा भनिएको छ- 

‘मोरङको कटहरी गाउँपालिका–५ की गीता यादव सोमबार दिउँसो सीमावर्ती भारतीय बजार जोगवनी पुगेर २ किलो धनियाँ, सरफ र एउटा साडी लिएर घर फर्कदै गर्दा रानी नाकामा सशस्त्र प्रहरी बलले रोक्यो । झोला देखाएपछि प्रहरीले उनलाई भन्सार तिर्न भन्दै भन्सार कार्यालयको काउन्टरमा पठायो ।’ 

प्रस्तुत दृष्टान्तबारे खोजविन गर्दा अनलाइन खबरमा प्रकाशित एउटा समाचार फेला पर्‍यो । १ साउन २०८० मा प्रकाशित उक्त समाचारलाई दाबीसहितको सामग्रीमा हुबहु बाचन गरिएको पाइयो । तर, Onlinekhabar मा प्रकाशित समाचार  नेपाल-भारतको खुला सिमाना सधैँका लागि बन्द भएको दाबीसँग सम्बन्धित छैन । 

विराटनगर आसपासका नाकामा भन्सार कार्यालयले कडाइ गरेपछि प्रस्तुत समाचार प्रकाशित गरिएको थियो । जोगबनीमा किनमेल गर्नेहरुका कारण विराटनगरको बजार प्रभावित भएपछि विराटनगर महानगरपालिकाले भन्सार र सुरक्षा निकायसँग समन्वय गरेर साउन १ गतेबाट लागु हुनेगरी भन्सार नाकामा कडाइ गर्ने सहमति गरेको र सोही अनुरुप अगाडि बढेको जानकारी समाचारमा उल्लेख छ । 

यही समाचार वाचन गर्दै तथ्यहरूलाई तोडमोड गरी भ्रामक दाबीसहितको सामग्री तयार पारीएको पाइयो । सोही सामग्री अहिले सामाजिक संजालमा फैलिरहेको छ । 

अर्कोतर्फ दाबीसहितको भिडियोमा रुपन्देहीको सुनौली नाका पनि सधैँका लागि बन्द गरिएको दाबी गरिएको छ । तर, यो दाबीको तथ्य पनि माथिकै तथ्यसँग मिल्दोजुल्दो छ ।

नेपाली उपभोक्तालाई लक्षित गरेर भारतको सीमावर्ती बजारमा खोलिएका पसलहरू भन्सारमा गरिएको कडाइले सुनसान बन्दै गएका छन् । अर्कोतर्फ  एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियमले राजश्व वृद्धि मात्रै नभएर नेपाली बजारमा उपभोक्ताको चहलपहल बढेको छ । यही सूचनालाई Nepalpress समाचारका रुपमा प्रकाशित गरेको थियो ।

१३ असार २०८० मा प्रकाशित सोही समाचारको सूचनालाई माथि उल्लेखित भिडियोमा वाचन गरिएको पाइयो । समाचारमा उल्लेखित अंशलाई तोडमोड गर्दै वाचन गरी तयार पारिएको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।

समाचारमा उल्लेखित ‘भन्सार नीति कार्यान्वयन नगराउन भारतीय व्यापारीहरूले नेपालका लागि भारतीय राजदूतमार्फत नेपाल सरकारलाई लबिङ गरिरहेका छन् भने भारतीय नेताहरूमार्फत खुलाउन पहल गरिरहेका छन्’ भन्ने सूचनालाई तोडमोड गरिएको देखिन्छ । 

नेपाली बजारलाई चलायमान बनाउन राजश्व संकलनमा कडाई गरिएको र यस विषयमा संचार माध्यमले समाचार लेखेको देखिन्छ । सोही समाचारलाई वाचन गरी तयार पारिएको भिडियोलाई सामाजिक संजालमा फैलाइएको पाइयो । उक्त भडियोमा तथ्यलाई तोडमोड गरि भ्रामक तरिकाले ‘नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द’ भएको दाबी गरिएको छ ।  

अर्कोतर्फ दाबीसहितको भिडियोमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ), भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीको टोलीबीच वादविवाद चलिरहेको दृश्यको देख्न सकिन्छ । उक्त भिडियोको वास्तविकता पत्ता लगाउन हामीले युट्युबमा किवर्ड सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप SATYA TATHYA (सत्य तथ्य) नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । चार वर्षअघि अर्थात् १ सेप्टेम्बर २०१९ मा पोस्ट गरिएको उक्त भिडियो दाबीसहितको सामग्रीमा जोडिएको दृश्यको मूल रुप हो । भिडियोसँगै पोस्ट गरिएको शीर्षकमा नेपालको सुस्ता क्षेत्रमा भारतले बाटाे बनाएपछि शसस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)बीच वादविवाद भएको जानकारी दिइएको छ । 

प्रस्तुत भिडियो सुस्ताकै हो भन्ने थप प्रमाणहरु फेला फेला पर्न सकेनन् । तर, युट्युबबाट के पुष्टि हुन्छ भने उक्त भिडियो चार वर्ष पूरानो नै हो । त्यसैले पूरानो भिडियोलाई वर्तमान सन्दर्भसँग जोडेर भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।   

निष्कर्ष :

नेपाल-भारतको खुला सिमाना सधैँका लागि बन्द गरिएको दाबी भ्रामक छ । नेपाली बजारलाई चलायमान बनाउन राजश्व संकलनमा कडाई गरिएको सन्दर्भ र यस विषयमा संचार माध्यमले समाचारलाई तोडमोड गर्दै वाचन भ्रामक भिडियो तयार पारिएको देखियो । साथै फरक सन्दर्भका पुराना भिडियोहरूलाई पनि भ्रामक तरिकाले दाबीसहितको सामग्रीमा जोडिएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Onlinekhabar
Nepalpress 
SATYA TATHYA (सत्य तथ्य)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular