Thursday, November 21, 2024
Thursday, November 21, 2024

HomeFact Check२०२२ का शीर्ष १० तथ्यजाँच : रुस-युक्रेन युद्धदेखि नेपालको निर्वाचनसम्म 

२०२२ का शीर्ष १० तथ्यजाँच : रुस-युक्रेन युद्धदेखि नेपालको निर्वाचनसम्म 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

सन् २०२२ मा विश्व सँगसँगै नेपालभित्र विविध खालका गतिविधिसँगै अनेक घटनाहरू घटे । युक्रेन–रुस युद्धदेखि विश्वकपसम्म, श्रीलंका संकटदेखि संसारभरी निम्तिएको प्राकृतिक विपत्तिसम्म, नेपालमा भएका विभिन्न तहका निर्वाचनदेखि मनसुनी बिपत्तिसम्म, विमान दुर्घटनादेखि नेपाल-भारत सीमा समस्यासम्मका अनेक सूचनाहरू सामाजिक संजालसँगै  संचारमाध्यम तथा इन्टरनेटमा मा फेला परे । फेला परेका तथा फैलिएका ती सबै सूचनाहरू सत्य थिएनन् । २०२२ मा फैलिएका सत्य एवं मिथ्या सूचनाको एउटा साक्षीका रुपमा न्युजचेकर नेपालले कयौँ तथ्यजाँच प्रकाशित गर्दै आफ्नो कर्तव्य निर्वाह गरिरह्यो । सन् २०२२ मा हामीले प्रकाशित गरेका केही महत्वपूर्ण तथ्यजाँच रिपोर्टहरू यस्ता छन् : 

रुस-युक्रेन युद्ध : नेपालीमा भ्रामक सूचनाको लहरो 

सन् २०२२ मा रुस-युक्रेन युद्ध सुरु भयो । युद्धकै विषयमा देश-विदेशका सामाजिक संजाल प्रयोगकर्ताले चर्चा परिचर्चा गरिरहे । यही क्रममा रुस-युक्रेन युद्धसँग सम्बन्धित सूचनाहरू नेपालमा पनि फैलिएका थिए ।  न्युजचेकरले रुस-युक्रेन युद्ध केन्द्रीत सूचनाहरूलाई विशेष ढंगले नियालिरह्यो । जसको परिणाम स्वरुप भ्रामक सूचनाको एउटा लहरो हामीले फेला पार्‍यौँ । उक्त सूचनाको लहरोमा रुस-युक्रेन युद्धमा नेपाल र नेपाली सेना (गोर्खाली सेना)को संलग्नताबारे बताइएको छ । तर, प्रस्तुत दाबी भ्रामक थियो । रिपोर्ट पढ्नुहोस् । 

श्रीलंका संकट :  एउटा तस्बिर, जो नेपालसम्म आइपुग्दा भ्रामक बन्यो   

आर्थिक संकटमा फसेको मुलुक श्रीलंकामा यस वर्ष सरकारविरुद्ध ठूला र हिंस्रक आन्दोलन भए । यही क्रममा प्रदर्शनकारी र सरकार समर्थकबीच लामो समयसम्म झडप भइरह्यो । ती प्रदर्शन र झडपहरू भइरहेका बेला नेपालमा एउटा दाबीसहितको तस्बिर सामाजिक संजालमा फैलियो  । उक्त तस्बिरमा आक्रमण व्यहोरिरहेका व्यक्ति त्यहाँका सांसद रहेको दाबी गरिएको थियो । न्युजचेकरको तथ्यजाँचमा उक्त तस्बिरमा कुटाई खाइरहेका व्यक्ति एक पादरी हुन् र उनलाई प्रदर्शनकारीले कुटेका होइनन् भन्ने तथ्य खुलेको थियो  । रिपोर्ट पढ्नुहोस् । 

विश्वकप : मेस्सी र अर्जेन्टिनाको बैंक नोट 

सन् २०२२ को विश्वकप विजेता मुलुक अर्जेन्टिना र विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको चर्चा नेपालमा पनि भयो । यही क्रममा मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित बैंक नोट जारी गरेको समाचार नेपाली संचारमाध्यम तथा सामाजिक संजालमा फैलियो । दाबीसहितको सूचना नेपालमा फैलिएको एक घण्टामै हामीले तथ्यजाँच रिपोर्ट प्रकाशित गर्‍यौँ । यस्तो थियो हाम्रो निष्कर्ष –  ‘लियोनेल मेस्सीको तस्बिर अंकित बैंक नोट जारी गर्ने विषयमा अर्जेन्टिनाका वित्तीय अधिकारीहरूले छलफल गरिरहेका छन् तर तस्बिर अंकित बैंक नोट जारी भइसकेको छैन । यही सन्दर्भमा  बैंक नोट जारी भन्ने दाबी भ्रामक बनेको छ ।’ रिपोर्ट पढ्नुहोस्  

मनसुनी विपद् : भ्रामक दृश्यहरूको बाढी-पहिरो

अघिल्ला वर्षभन्दा  यस वर्ष मनसुन छिट्टै सुरु भयो  । प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेश हुँदै नेपालमा मनसुन भित्रिएको मनसुनले नेपालमा बाढी, पहिरो र डुबानको त्रास पुन: बढायो । यही सन्दर्भमा सामाजिक संजालमा बाढी-पहिरो र डुबालका भिडियोहरू देखिन थाले  । सामाजिक संजालमा पोस्ट गरिएका केही भिडियोहरू पूराना रहेको पाइयो । जसले मानिसहरूमा भ्रमित तुल्यायो । रिपोर्ट पढ्नुहोस् । 

भ्रामक दाबीसहित फैलिएको एउटा तस्बिरमाथि जाँच

तस्बिरमा एक व्यक्ति देखिएका छन्, जसको पूरा शरीर ढलमा डुबेको छ । ती व्यक्तिको टाउको मात्र ढलको फोहर पानी बाहिर निस्किएको देखिन्छ । ढलमा डुबेका ती व्यक्ति श्रीलंकाका नेता रहेको र ती नेतालाई श्रीलंकाका नागरिकले ढलको फोहर पानीमा डुबाएको दाबी उक्त तस्बिरको क्याप्सनमा गरिएको थियो । सामाजिक संजालमा व्यापक रुपमा फैलाइएको यो तस्बिर श्रीलंकाको होइन भन्ने तथ्य हामीले फेला पार्‍यौँ । उक्त तस्बिर भारतस्थित वाराणसीमा ढल सफाईको काम भइरहँदा खिचिएको थियो । रिपोर्ट पढ्नुहोस्  

जब लाओस, भारत र अन्य देशका दृश्यहरू भ्रामक बने  

सन् २०२२ मा नेपालभित्र बाढी-पहिरोजन्य प्राकृतिक प्रकोपले बितन्डा मच्चाउँदा केही दाबीसहितको सामग्री भेटिए । उक्त सामग्रीमा भयानक बाढी आएको र मानव बसोबास क्षेत्रले व्यहोर्नुपरेको क्षतिका दृश्यहरू देखाइएको थियो । दाबीसहितको सामग्रीमा देखिएको दृश्य रुपन्देशी जिल्लाको दाबीसमेत गरिएको थियो । हाम्रो जाँचमा ती दृश्यहरू लाओस, भारत र अन्य स्थानमा घटेको घटनाको रहेको पाइयो । रिपोर्ट पढ्नुहोस्

सम्पर्कविहीन विमान नभेटिँदै चालक दलसहित २२ जनालाई श्रद्धान्जली

पोखराबाट जोमसोमका लागि उडेको ताराको अल्फा इको ट्यांगो कल साइनको ट्विनअटर विमान सम्पर्कविहीन भयो । विमान सम्पर्कविहीन रहेकै बेला सामाजिक संजाल प्रयोगकर्ताहरूले चालक दलसहित २२ जना यात्रुलाई श्रद्धान्जलीसमेत दिइसकेका थिए । तारा एयरको विमान दुर्घटना भएको भन्दै भारतीय सेना प्रमुख जनरल विपिन रावतसहितका व्यक्तिहरू सवार हेलिकप्टर दुर्घटनाको तस्बिर नेपालमा फैलाइएको थियो । प्रस्तुत दाबीमाथि हामीले जाँच गर्‍यौँ । रिपोर्ट पढ्नुहोस्  

पूर्वप्रधानमन्त्री नै भ्रामक सामग्रीको सिकार

सन् २०२२ मा भ्रामक सूचनाहरूबाट आम सामाजिक संजाल प्रयोगकर्ताहरूले हैरानी व्यहोर्नुपर्‍यो । इन्टरनेट माध्यमहरूमा फैलिएका यस्ता भ्रामक सूचनाले सार्वजनिक तथा चर्चित व्यक्तिहरूलाई त झनै समस्यामा परेको देखिन्छ । यही सेरोफेरोमा भ्रामक सूचनाबाट प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नै अछुतो रहन सकेनन् । यसको एउटा उदाहरण हो, नेकपा (एमाले)का तत्कालीन पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले क्यारेम बोर्ड खेलेको र तत्कालीन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेवल टेनिस खेलेको प्रसंग । एमाले अध्यक्ष ओलीको क्यारेम बोर्ड खेललाई जवाफ दिन मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालले टेवल टेनिस खेलेको दाबीमाथि हामीले तथ्यजाँच रिपोर्ट प्रकाशित गरेका छौँ । रिपोर्ट पढ्नुहोस् । 

सुकुम्बासीको ल्याण्ड क्रूजर गाडी तोडफोड भएको दाबी ! 

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा मंसिर १२ गते  झडप भयो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोलीले सुकुम्बासी बस्तीलाई खाली गराउन खोजेपछि स्थानीयहरु प्रतिरोधमा उत्रिएका थिए । यही सुकुम्बासी आन्दोलनको सन्दर्भमा एउटा ल्याण्ड क्रूजर गाडी तोडफोड गरिएको र उक्त गाडी पनि सुकुम्बासीकै रहेको दाबी गरियो । तर,  २०७३ सालमा घटेको घटनाको तस्बिरलाई गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । रिपोर्ट पढ्नुहोस्  

प्रचण्डमाथि गोर्खावासीले ढुङ्गा, मुडा र लाठी प्रहार गरेको दाबी !

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको प्रतिनिधिसभा निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट लडे । निर्वाचनको लागि गोरखामै बसेर चुनावी अभियान चलाइरहेका बेला प्रचण्ड गोरखाबाट लखेटिएको दाबीसहितका भिडियोहरू सामाजिक संजालमा फैलिए । जाँचका क्रममा सात वर्ष पहिले काठमाडौँमा खिचिएको भिडियोलाई तोडमोड गरेर भ्रामक दाबीका साथ फैलाइएको पाइयो । रिपोर्ट पढ्नुहोस् ।   


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular